Nepal's First Video FM

अनमोल केसीलाई भेट्न घरबाट भागेर आएका ४ भारतीय किशोरीको काठमाडौंबाट उद्धार

656

वैशाख २, तपाईंले भारतीय नायक नायिकालाई भेट्न भनेर घरबाट भागेका किशोर किशोरीका समाचार त सुन्नु भएकै थियो । तर अहिले साच्चिकै नेपाली कलाकारलाई भेट्न भारतीय किशोर किशोरी पनी घरबाट भागेर नेपाल आउन थालेका छन् ।

नेपाली नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार जना भारतीय बालिकालाई काठमाडौंबाट उद्धार गरीएको छ । भारतबाट भागेर आएका १४ वर्ष मुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

अनमोललाई भेट्न घरबाट भागेर काठमाडौं अलपत्र परेपछि भारत कालिङपोङमा रहेको परिवारलाई खबर गरेका थिए । भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको हो ।

उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताए ।

अनमोलले अभिनय गरेका गाजलु, ड्रिम्स, होस्टल, जेरी लगायत पछिल्लो चलचित्र कृ पनि चर्चित छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.