Nepal's First Video FM

११ वर्षिया बालिकालाई लगातार ८ दिन बलात्कार गरि निर्ममतापूर्वक हत्या !

634

वैशाख २, सम्भवतः पापीहरुको बजारमा बालिका बलात्कार सबैभन्दा उच्च कोटीमा पर्छ होला । त्यसैले त बालिका बलात्कार बढ्दो छ । अझ भारतको सुरतमा एक ११ वर्षे बालिकालाई बलात्कारपछि निर्ममपूर्वक हत्या गरिएको छ ।

पोष्टमार्टम गर्दा शरीर ८६ वटा प्रहार भएका घाउका दाग छन् । पुलिसले क्रिकेट मैदानको छेवैमा बच्चीको शव फेला पार्यो । उक्त शव परीक्षणबाट लगातार ८ दिन बलात्कार भएको पुष्टि भयो ।

पुलिसले अझै बच्चीका अभिभावकलाई यसबारे जानकारी नदिइएको बताएको छ । बच्चीको गुप्तांगमा निकै गम्भीर चोटहरु रहेको पाइएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार करिब ५ घण्टासम्म चलेको पोष्टमार्टमबाट पहिले बलात्कार र त्यसपछि प्रताडित गरेर मारिएको थियो ।

अहिलेसम्म बच्चीको पहिचान हुन सकेको छैन । अप्रिल ६ मा मिलेको उक्त शव परीक्षणबाट ८ दिनसम्म निरन्तर बलात्कारपछि उनको मृत्यु भएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.