वैशाख २, प्रर्दशन भएको पहिलो दिन ६५ प्रतिशत अकुपेन्सीको ब्यापार गर्न सफल भएको चलचित्र लिलिबिलिले दोश्रो दिन शनिबार नेपाल भरका सम्पुर्ण सिनेमा हलमा हासफुलको ब्यापार गर्न सफल भएको छ ।
२०७५ सालको पहिलो दिन लिलिबिलिको ब्यापारले यो साल चलचित्र क्षेत्रको लागी शुभ संकेत देखाएको छ । त्यसो त यो चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री जसिता गुरुङ्गले पनि चलचित्र क्षेत्रमा आफुलाई स्थापीत गर्ने राम्रो सम्भावना देखाएकी छिन् ।
उनको अभिनयलाई दर्शक र चलचित्रकर्मी सबैले रुचाएका छन् । पहिले देखी नै युवा पुस्ता माझ लोकप्रिय रहेका अभिनेता प्रदिप खड्काको लोकप्रियतालाई यो चलचित्रले थप उचाईमा पुर्याएको छ ।
लिलिबिलिको प्रचार प्रसारमा निर्माता निर्देशक भन्दा आफै धेरै खटेको कारणले प्रदिप दर्शक माझ मात्रै नभएर चलचित्रकर्मी माझ पनि लोकप्रिय बनेका छन् । प्रदिपले लिलिबिलिको प्रचार प्रसारको लागी हाँस्य टेलीसीरीयल पनि खेले ।
उक्त टेलीचलचित्र मार्फत उनले दर्शकलाई लिलिबिलि हेर्न आग्रह समेत गरेका थिए । गोबिन्द शाही, मिलन चाम्स र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रलाई प्रदीप भारद्धाजको लेखनमा मिलन चाम्सले निर्देशन गरेका छन् ।
चलचित्रमा प्रदिप र जसिताका अलावा प्रियंका कार्की,सविन श्रेष्ठ,अनुप बिक्रम शाही लगायत कलाकारले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो;
Comments are closed.