ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बनेसँगै काठमाडौं उपत्यकाभरि मोनो र मेट्रोरेल बनाउने निर्णय गरेका छन् ।राजधानीमा मेट्रो रेल सञ्चालनको तयारीस्वरुप चालू आवभित्रै काम शुरु गर्ने सरकारको तयारी रहेको छ।
मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रूत गतिमा अघि बढाउन सरकारले गम्भीर भएर विशेष चासो लिएको छ ।नेपालको भौगोलिक अवस्थाका कारण जुनसुकै रेलमार्ग निर्माण गर्दा पनि अर्बौअर्ब खर्च लाग्ने हुन्छ ।
जुन अहिलेको नेपालको आर्थिक अवस्थाले धान्न सक्ने अवस्था छैन । तर सरकारले संभावित रेल सञ्जालबारेको गुरुयोजना तत्काल बनाउन र राजधानीमा मेट्रो रेलको काम पनि यसै आर्थिक वर्षभित्रै सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बनेसँगै एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले संभावित रेल सञ्जालबारेको गुरुयोजना प्रतिवेदन तयार गरेको हो । सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाइसकिएको छ ।
सरकारको रेलमार्ग योजनाहरु –
तीनदेखि पाँच वर्षभित्र काठमाडौंको चक्रपथभित्र विष्णुमति, बागमती, धोबीखोला र मनोहरा करिडोर र बालाजु–सूर्यविनायक खण्डमा मोनोरेल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने ।
बुढानिलकण्ठदेखि सानेपा र साँगा भन्ज्याङदेखि थानकोटसम्म भूमिगत साथै स्थलगत मेट्रोरेल निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने ।
काठमाडौं वीरगञ्ज रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने ।
पाँच वर्षभित्र रसुवागढी–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग सम्पन्न गर्ने ।
तीन वर्षभित्र तयार गर्ने गरि भित्री मधेसको समानान्तरमा पूर्व पश्चिम कृषि तथा औद्योगिक रेलमार्गको सर्भे तथा विस्तृत परियोजना ।
पाँच वर्षभित्र सम्पन्न गर्ने गरि दार्चुलाको टिंकरदेखि ताप्लेजुङको पाथिभरासम्मको पूर्वपश्चिम पर्यटन रेलमार्गको सम्भाव्यता अध्ययन ।
Comments are closed.