पीएसवाईको ‘गङनम स्टाइल’ले यूट्युबमा सर्वाधिक हेरिएको भिडियोको उपाधी गुमाएको छ । दक्षिण कोरियाली मेघाहिटले विगत ५ वर्ष देखि उक्त उपाधी आफ्नो कब्जामा राखेको थियो । गङनम स्टाईलको म्युजिक भिडियो यति धेरै चर्चित भएको थियो कि त्यसले युट्युबको प्ले काउन्टर २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ लाई नै मात खुवाइदिएको थियो । तत्पश्चात युट्युबले पुन: आफ्नो काउन्टर कोड लेख्नु परेको थियो ।पीएसवाईको ‘गङनम स्टाइल’ले यूट्युबमा सर्वाधिक हेरिएको भिडियोको उपाधी गुमाएको छ । दक्षिण कोरियाली मेघाहिटले विगत ५ वर्ष देखि उक्त उपाधी आफ्नो कब्जामा राखेको थियो ।
गङनम स्टाईलको म्युजिक भिडियो यति धेरै चर्चित भएको थियो कि त्यसले युट्युबको प्ले काउन्टर २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ लाई नै मात खुवाइदिएको थियो । तत्पश्चात युट्युबले पुन: आफ्नो काउन्टर कोड लेख्नु परेको थियो ।
अब उक्त भिडियोको रेकर्डलाई विज खलिफा र चार्ली पुथको ‘सी यू अगेन’ ले उछिनेको छ । मर्मस्पर्शी गीत हाल युट्युबमा २ अर्ब ८९ करोड ५८ लाख १३ हजार ८ सय ६१ पटक (समाचार बनाउँदासम्म) हेरिएको छ ।
यो भनेको एक व्यक्तिले लगातार सुने पनि २१ हजार ७ सय ५९ वर्षसम्म यो गीत सुन्नुपर्छ ।
यो गीत एक्सन फिल्म फ्युरियस ७ का लागि सडक दुर्घटनामा ज्यान गुमाएका कलाकार पाउल वकरलाई समर्पित गर्दै क्लोजिङ क्रेडिटका लागि बनाइएको हो ।
Comments are closed.