Nepal's First Video FM

किन पुगे प्रचण्ड सुकुटेबाट सीधै बालुवाटार ?खुल्यो एस्तो रहस्य

504

३ वैशाख, काठमाडौं । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुग्दैछन् ।

प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएपछि आइतबार बिहान हुने भनिएको एमाले-माओवादी वार्ता हुन सकेको थिएन ।

एक रात सुकुटेमा आराम गरेका प्रचण्ड सोमबार बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् । त्यसअघि ओली-प्रचण्डबीच फोन वार्ता भएको स्रोतले बतायो ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ । ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । चुनाव चिह्नमा केही लचक देखिएको माओवादी पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द राख्नुपर्ने र केन्द्रीय समितिमा बराबरी सदस्य संख्या हुनुपर्ने अडानमा छ ।

भातृ संगठनहरुले पनि जनयुद्ध र बराबरी हैसियत नहुने भए एकता नगर्न अध्यक्ष प्रचण्डलाई दबाव दिँदै आएका छन् । onlinekhabar

You might also like

Comments are closed.