वैशाख ३, नेपाली गित संगीत क्षेत्रमा चर्चा कमाइसकेकी गायिका दुर्गा खरेलको आवाजमा समावेश ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।
अमृत रेगीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायिका दुर्गाको स्वर बोल्ड र स्टाइलिस सुनिएको छ । दुर्गालाई गीतमा गायक फिरोज बस्नेतले साथ दिएका छन् । उक्त सार्वजनिक भिडियोमा नायिका प्रियंका कार्की र मोडल पवन शर्माले अभिनय रहेको छ ।
गीतलाई गायिका दुर्गाले डान्सिङ शैलीमा तयार पारेकी छिन् । सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यो भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । भिडियोमा विकाश दाहालको सम्पादन छ । निशान घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् । हेर्नुस् भिडियो;
Comments are closed.