माघ १९ , नेपाल रेमिट्यान्समा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । सन् २०१६को तथ्यांकलाई आधार बनाएर विश्व बैंकले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको देखिएको छ । अरु मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादनमा रेमिट्यान्सको प्रतिशत निरन्तर बढ्ने मुलुक बनेको छ ।
सेवा अर्थात् आफ्नो जनशक्ति निर्यात गरेर आयात गरिने रकम हो, रेमिट्यान्स ।
विश्व बैंकले सन् २०१६मा संसारभरको रेमिट्यान्स अध्यान गरेको छ । र, जीडीपीमा रेमिट्यान्सको हिस्सा विश्लेषण गरेको छ । रेमिट्यान्सले मात्रै नेपालको अर्थतन्त्र थेग्दै गरेको विज्ञहरुले बताएका छन् । तर, पछिल्ला दिनमा सामान आयातका लागि हुने खर्चको तुलनामा रेमिट्यान्सको आप्रवाहमा कमी आउन थालेको छ ।
Comments are closed.