वैशाख ३, केहि महिना अघिदेखी चर्चामा रहेको शिव श्रेष्ठले बनाउन लागेको चलचित्र ‘यस्तो एउटा प्रेमकहानी’मा अब उनका छोरा पनि देखिने भएका छन् ।
पहिलोपटक चलचित्रमा निर्माणमा हात हाल्न लागेका शिव श्रेष्ठले दर्जनौँ चर्चित अुनहारहरुको बिचमा आफ्नो छोरा शक्ति श्रेष्ठलाई पनि राख्न लागेको हुन् । शक्ति अस्ट्रेलिया बस्दै आएका थिए ।
शिवको चलचित्र उनको बनाउन लागेको कारणलेमात्र चर्चित नभई रियल जोडीहरु भएको कारण पनि चर्चामा छ । उनको चलचित्रमा बर्षा राउत र संजोग कोईरालाको जोडीको साथमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रियल जोडी देखिनेछ ।
उनीहरुको अलावा चलचित्रमा नरेन खड्का, रेखा फागो, ध्रुव कोईराला, बसुन्धरा भुषाल, शिवानी गिरी लगायतका कलाकारहरुको अभिनय रहनेछ । एक्सनप्रधान चलचित्रमा अहिलेका बहालवाला डिआईजी पवन खरेलको पनि मुख्य भुमिका रहनेछ ।
सुनील कट्वाल, दिनेशकुमार थापा, खुम तामाङ, सुजन गौतम र रामनारायण शाहको सहनिर्माणमा बन्न लागेको चलचित्रलाई दिनेश दर्शधारी र यशोदा राईले संयुक्त रुपमा निर्माण गर्दैछन् ।
भदौमा रिलिज हुने चलचित्रमा बसन्त सापकोटा, अर्जुुन पोखरेल र सन्तोष रजौरेको संगीत, कविराज गहतराज, बसन्त श्रेष्ठ, गोविन्द राई र कमल राईको कोरियोग्राफी रहनेछ भने रोशन भट्टराई द्धन्द निर्देशकको रुपमा रहनेछन् ।
Comments are closed.