वैशाख ३, पार्टी एकताका बारेमा असमझदारी बढेपछि बसेको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘वान टू वान’ वार्ता सकिएको छ ।
आइतबार हुने भनिएको दुई नेताबीचको भेट प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सिकुटे गएपछि आज बसेको हो । सोमबार प्रचण्ड सिकुटेबाट सिधै प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
त्यहाँ ओली र प्रचण्डका बीच दुई घण्टा लामो एक्ला एक्लै वार्ता भएको थियो । ओली र प्रचण्डको वार्ता भर्खरै टुंगिएको छ । दुई नेताबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लगाएको छ ।
मंगलबार बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई एकताका क्रममा आधा हिस्सा दावी गर्न पार्टी भित्रैबाट दबाब बढेको छ ।
साथै जनयुद्ध, माओवाद र जबजको व्यवस्थापनका विषयमा पनि दुई पार्टीबीच सहमति जुटेको छैन । एकतापछिको पार्टीको नाम, झण्डा तथा चुनाव चिह्न लगायतका विषयमा समेत सहमति कायम हुन सकेको छैन ।
Comments are closed.