वैशाख ३, टोखा-७ धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी’ले हत्या गरेको खुलेको छ । गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भइ हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । मतृक गोरखा घर बताउने करिव ३२/३३ वर्षकी पूणिर्मा विक भएको खुलेको छ ।
श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् । सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका तामाङ र बिक दुबै ज्याला मजदुरी गर्ने हुन् । तामाङ मिश्री हुन् भने विक लेभवरको रूपमा काम गर्दै आएकी थिइन् ।
बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरे ।
पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।
युवतीको टाउकोमा ढुंगाले लागेर गहिरो चोट छ । मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
Comments are closed.