Nepal's First Video FM

‘पाँचौ रमपम उदयपुर गोल्डकप २०७५’ फुटबल यहि वैशाख २२ बाट…

602

वैशाख ३, ‘पाँचौ रमपम उदयपुर गोल्डकप २०७५’ फुटबलको पाँचौ संस्करण यही वैशाख २२ देखि उदयपुरको गाइघाटमा हुने भएको छ ।

गोल्डकपको आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी पाँचौ संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको जानकारी गराएको छ । प्रतियोगिता संयोजक किरण राईका अनुसार पुरस्कार राशिमा ३ लाख बृद्धि गरी ५ लाख पुर्‍याइएको छ ।

त्यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । गाइघाटको थरुहट रंगशालामा हुने प्रतियोगितामा लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी, संकटा क्लव, लाली रुपन्देही ११, नेपाल आर्मी, नेपाल पुलिस, रुस्लान थ्रीस्टार, रमपम झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ को सहभागिता रहने छ ।

चौथो उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ ले जितेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.