वैशाख ३, फिल्म ‘डमरुको डन्डीबियो’ टिम मोफसल टुर सकेर काठमाण्डौ फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानको झण्डै एक हप्ताको यात्रापछि फिल्म युनिट यतिबेला राजधानीमा छन् । फिल्म ‘डमरुको डन्डीबियो’ टोली अब राजधानीको प्रचारमा केन्द्रित हुनेछ ।
राष्ट्रिय खेलबाट समेत हटाइएको डन्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले दर्शकको ध्यान तानिरहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई छेतन गुरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय छ ।
फिल्मलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्रको फिल्म ‘डमरुको डन्डीबियो’ वैशाख २१ गते नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने तय भएको छ ।
गत सातादेखि राजधानीका मुख्यमुख्य मल र चोकमा ठ्याक लगाउँने प्रतिस्पर्धा चलिरहेको छ । बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने ‘डमरुको डन्डीबियो’को शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ । यतिबेला प्रोमोले प्रशंसा पाइरहेको छ । ट्रेलर हेर्नुस्;
Comments are closed.