Nepal's First Video FM

इन्धन बोक्ने ट्यांकरभित्र १६० केजी गाँजा लुकाएर भारततर्फ लैजादै गरेको २ जना पक्राउ

586

वैशाख ३, इन्धन बोक्ने ट्यांकरभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १ सय ६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेपछी यस्तो खुलासा हुन आएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् । उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले बताए ।

उनका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लामो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ ।

गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.