Nepal's First Video FM

ललिता निवासको फाइल खोल्दा पसिना छुटायो, सुनले हैरानी पारेको छ: केपी ओली

60

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ  ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै ओलीले भने, ‘सत्ता गठबन्धन परेपछि त त्यसलाई कसरी जोगाउने, आहा! पसिना आएको त्यतिबेला। रूमालले पुगेन, गम्छा लिएर पुछ्नुपरेको थियो तपाईंहरूलाई पसिना। पसिना छुटाएको थियो तपाईंहरूलाई। यही सुन काण्डले तपाईंहरूलाई कति हैरान पारेको छ।’

सुन प्रकरण छानबिन गर्न ३ जनाको आयोग बनाउने सहमति भए पनि ४ जना राखिएको उनले बताए। ‘यो सबै के हो? प्रतिपक्षलाई तर्साएको हो,’ उनले भने, ‘मेरो नाममा बारी बारीमा बुख्याँचा राख्नुभएको थियो, देश र जनताका लागि लडेर आएकालाई केही हुन्न। हामी गुच्चा खेलेर आएको होइन।

You might also like

Comments are closed.