Nepal's First Video FM

भारतलाई कडा टक्कर दिँदै पराजित भयाे नेपाल

13

एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ । आज बिहान भएकाे अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग २३ रनले पराजित हुन पुग्याे ।

भारतसँग पराजित भएसँगै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरिएको छ । २ सय ३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभर पूरा खेलेर ९ विकेटकाे क्षतिमा १ सय ७९ रन बनायाे । नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्राे प्रदर्शन गरे पनि जित निकाल्न सकेन ।

टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले चार विकेटकाे क्षतिमा २ सय २ रन बनाएकाे थियाे ।

You might also like

Comments are closed.