Nepal's First Video FM

डाक्टर कुट्नेलाई सिधै जेल हाल्नुपर्छ धरौटीमा छाड्न हुन्न, : गगन थापा

72

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।

गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन्।डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने पनि उनले बताए।

नेपाल चिकित्सक संघ र डाक्टरहरूसँग सरकारले यसपटक गरेको सम्झौता अक्षरस कार्यान्वयन हुनुपर्ने उनले बताए। ‘यो कार्यान्वयन गर्न संसदको मद्दत चाहिन्छ, हामी त्यसका लागि तयार छौं,’ उनले भने, ‘तर यतिले पुग्दैन, स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाई हुँदै हुँदैन।

You might also like

Comments are closed.