Nepal's First Video FM

तनहुँले पायो ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी

437

वैशाख ४, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विहीन तनहुँले ९५ दिनपछि नयाँ प्रजिअ पाएको छ । गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुगेका हुन् ।

उनले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हालेका छन् । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो ।

प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो ।

प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने प्रतिबद्धता जनाए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माको भनाइ छ ।

तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उनले गरे । यसअघि निमित्तको हैसियतमा सहायक प्रजिअ तुलसीराम पौडेलले दैनिक कार्यभार भने सम्हाल्दै आएका थिए । onlinekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.