Nepal's First Video FM

चट्याङ लागेर सोलुखम्बुमा एकको मृत्यु, खोटाङमा दुई घाइते

695

वैशाख ४, चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् ।

सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् ।

दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् । दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.