Nepal's First Video FM

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु, ८ घाइते

617

वैशाख ४, धादिङमा मंगलबार बिहान करेन्ट लागेर १ जनाकाे मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दिएकाे जानकारी अनुसार, घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएकाे छ । प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.