वैशाख ४, नेकपा एमाले तथा माओवादी केन्द्र एकीकरणबारे छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्दैछ । एकताका लागि मिल्न नसकेका विवादका विषयहरु टुंगो लगाउनु बैठकको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यसअघि दुवै पार्टीको एकता वैशाख ९ का लागि तय गरिएकाे थियाे, सोही मितिमा एकता टुंग्याउन आज निर्णायक छलफल हुने बताइएको छ । मिल्न नसकेका मुख्य कुरा, जनयुद्ध र एकता अनुपात र चुनाव चिन्हमा आजको बैठकले सहमति खोज्ने प्रयास गर्ने बताइएको छ ।
सोमबार दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवासमा हुन लागेको बैठकले वैशाख ९ मा पार्टी एकता घोषणा हुने वा नहुने विषयमा निष्कर्ष निकाल्नेछ ।
साे समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
Comments are closed.