वैशाख ४, पश्चिम रुकुमको चौरजहारी नगरपालिका-४ मेलैनाउलीमा मंगलबार जिप दुर्घटना हुदा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका-५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरणका लागि गएकाहरु चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मासहित वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत शर्मा घाइते भएका छन् । अन्य दुई जनाको नाम खुलेको छैन ।
घाइतेहरुको चौरजहारी अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
Comments are closed.