Nepal's First Video FM

क्रान्तिकारी पत्रकार संगठन चितवनको अध्यक्षमा न्यौपाने निर्वाचित

600

वैशाख ४, क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको मंगलबार भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन् । सम्मेलनका क्रममा संगठनका केन्द्रीय कोषाध्यक्ष नवराज ढकालले संगठन विस्तारका लागि आगामी दिनमा नयाँ कार्यसमितिलाई काम गर्न आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले सबैलाई संगठित बनाएर लैजाने बताए ।

You might also like

Comments are closed.