काठमाडौँ, श्रीमानको हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा बाँकेकी भारती मानन्धरले काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)लाई बाँकी सजाय मिनाह गरेका थिए ।
सको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् । चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको प्रकरणमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
राष्ट्रपतिबाट सजाय मिनाह भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका उनी लावालस्करसहित नेपालगञ्ज आएका थिए ।
Comments are closed.