Nepal's First Video FM

गृहमन्त्रीको उपस्थितिमा मधेशको सुरक्षा चुनौतीबारे अन्तरक्रिया – आठै जिल्लाका सीडीओसँग छलफल गर्ने

78

काठमाडौं । पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक सद्भावमा चुनौती बढिरहँदा पछिल्लो समय मधेशका जिल्लामा बढेको सुरक्षा चुनौतिको विषयमा आज महोत्तरीको बर्दिबासमा गृहमन्त्रीको उपस्थितिमा अन्तरक्रिया भइरहेको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सुरक्षा अधिकारीहरुसँग अन्तरक्रिया गरेका हुन्। अन्तरक्रियामा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुख सहभागी छन्।

गृहमन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतका व्यक्तित्वहरू समेत बैठकमा सहभागी छन् ।

You might also like

Comments are closed.