काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको चर्चा चलेको धेरै भयो । समय समयमा निकै तातिन्छ । अनि अचानक फेरि सेलाउँछ । यसरी सेलाउने र तातिने क्रम बढ्दा एकता पनि अन्योलमा परेको देखिन्छ ।
पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुँदैछ । यो वार्ताबाट कहिले एकता हुने, कसरी एकता हुने भन्ने पूर्ण विवरण आउने नेताहरुले बताएका छन् ।
लामो समयको चिसोपछि एकाएक सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुँदा मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका थिए ।
यसका लागि एमालेले सकेसम्म बैशाख ९ गते नै एकता गर्नुपर्नेमा जोड दिएको छ । एमालेको सोमबार राति बसेको स्थायी कमिटीको बैठकले माओवादीसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
तर त्यसका लागि एमालेले कुरो मिल्नुपर्ने बताएको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको थियो ।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए ।
एकता संयोजन समितिको बैठक मंगलबार बिहान बस्दैछ । यो बैठकमा संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल निकाल्ने अनुमान गरिएको छ ।
पछिल्लो गतिविधिलाई केलाउने हो भने बैशाख ९ गते नै पार्टी एकता घोषणा हुनेमा आशंका छ । किनकि दुवै दलका नेताहरु आपसमा भेटिन त कठिन भइरहेको छ भने सिंगो पार्टी मिल्न तत्काल सम्भव देखिँदैन ।
एक एमालेका केन्द्रीय सदस्यका अनुसार भागबण्डा मिल्ने हो भने पार्टी एकतामा कुनै समस्या नभएको बताउँछन् ।
कसरी फुक्ला गाँठो ?
सबैभन्दा ठूलो कुरा मनको हो । मन मिलेपछि सबै मिल्छ । प्रचण्डले धेरैजनासंग कुम मिलाएर राजनीतिक यात्रा अगाडि बढाएका छन् ।
यसपटक कुम मिलाउन खोज्दा कहिले ठ्याक्कै मिल्ने र कहिले समय नजुर्ने हुँदा ओलीसंगको यात्रा त्यस्तै भइरहेको छ ।
तर सबैभन्दा बढी कुम ओलीसंगै मिलेको छ । पछिल्लो सफलता त्यसको उपज हो ।
चिसोपन ल्याउने आफूहरुले नै भएकाले दुवै बीच समस्याको गाँठो फुक्यो कि समाधान भयो ।
यसको सबैभन्दा ठूलो कडी सोमबार बिहान बसेको अढाइ घण्टाको गोप्य वार्ता नै हो ।
त्यो ‘वाट–टु–वान’ वार्तामा दुई नेताका कुरा मिलेका भए बैशाख ९ गते नै एकता घोषणा हुन्छ ।
यदि त्यहाँ पनि गाँठो नफुकेको भए एकता संयोजन समितिले केही पनि गर्न सक्ने छैन । समाधानको गाँठो फुकाउने केवल ओली र प्रचण्ड नै हुन् ।
Comments are closed.