Nepal's First Video FM

‘ऐश्वर्य’बाट डेव्यु गरेका ताम्राकार, हेन्सम भिलेनको रुपमा चर्चित

793

माघ १९, नेपालको पहिलो मोडल प्रशान्त ताम्राकार हालै नेपाली चलचित्र ‘ऐश्वर्य’ नेपाली फिल्म इन्डष्ट्रीमा भिलेनको रुपमा प्रवेश गरेका छन् । पछिल्लो समय फिल्म ‘ऐश्वर्य’ बाट डेव्यु गरेका प्रशान्त ताम्राकारलाइ हेन्सम भिलेनको रुपमा दर्शकहरुले अत्यधिक रुचाएका हुन् ।

फिल्ममा भिलेन भन्ने बित्तिकै मुन्द्रे, लामो कपाल पालेको अलिक डर लाग्दो अनुहार भएको बुझिन्थ्यो तर ऐश्वर्य फिल्म हेरेपछि दर्शकहरुले हिरोभन्दा कम लुक्स नभएको तारिफ गरेका छन् ।

विगत २५ वर्षदेखि नेपालको फेशन इन्डष्ट्रीमा काम गर्दै आउनु भएका ताम्राकार २ वटा (रानीमहल र रणविर) फिल्मको तयारीमा रहेका छन् ।

दुई दशक भन्दाबढी फेशन इन्डष्ट्रीमा अनुभव संगाल्नु भएका प्रशान्त मोडलिङ, कोरियोग्राफर सबै क्षेत्रमा अब्बल व्यक्तित्वका रुपमा आफ्नो पहिचान बनाई सकेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.