Nepal's First Video FM

वृन्दावनमा १५ वर्षिया किशोरी मृतावस्थामा भेटिईन्

478

वैशाख ४, रुपन्देही । स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् ।

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उनले भने । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

You might also like

Comments are closed.