Nepal's First Video FM

ब्लड क्यानसर पीडित इलामका १४ बर्षिय ऋतिक बचाउ अभियान

618

वैशाख ४, ब्लड क्यानसरबाट पीडित ऋतिक घिमिरेको उपचारको लागि ऋतिक बचाउ अभियान समिती गठन गरिएको छ ।

इलाम नगरपालिका ४ निवासी पूर्ण ब घिमिरे र बिना घिमिरेको कान्छो छोरा १४ बर्षिय रितिक घिमिरे बिगत १ महिना देखी ब्लड क्यान्सरबाट पीडित बनेपछी आर्थिक संकलनको लागि समिति गठन गरिएको हो ।

ज्योती बिद्या मन्दिर ईलाममा एसईई परीक्षा दिने क्रममा सामान्य बिरामी भएपछि झापाको बिर्तासिटी अस्पतालमा स्वास्थ परिक्षण गर्दा उनको ब्लड क्यान्सर पत्ता लागेको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भरतपुर अस्पतालले ऋतिकको उपचारथ ३० लाख लाग्ने बताएपछि अर्थिक सहयोग संकलनको लागि ऋतिक बचाउ अभियान समिति गठन गरिएको समितिका सचिब नारायण घिमिरेले जानकारी दिए ।

सचिब घिमिरेका अनुसार समितिले आर्थिक संकलनको लागि प्रभु बैंक इलाममा खाता खोलीसकेको र बुधबारबाट अर्थिक संकलन गरिने बताए । साथै समितिले सामाजिक संजाल मार्फत पनि ऋतीक बचाउ अभियानलाई प्रचार प्रसार गर्दै देश बिदेशमा रहेका आफन्त, शुभचिन्तक सँग आर्थिक सहयोग माग्ने जनाएको छ ।

सहयोग गर्न इच्छुक महानुभावहरुलले ऋतीक घिमिरेलाइ बचाउनको लागि प्रभु बैंक इलामको खाता (१३२०१००१०१२६६००००००१) मा आर्थिक सहयोग गर्न सकिने समितिले बताएको छ । News24

You might also like

Comments are closed.