वैशाख ४, नेकपा माओवादी बिप्लव समुहका १० जना कार्यकर्ता पक्राउ परेका छन । मंगलबार बिहान ८ बजे सुनसरीको धरान १९ स्थित हरियाली सामुदयिक बन क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
बिभिन्न अपराधिबक गतिबिधिमा समलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय धरानका प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलले जानकारी दिए । बिभिन्न जिल्लाका अखिल शिक्षक संगठनका १० जना कार्यकर्ता पक्राउ परेकोे उपरिक्षक पौडेलको भनाई छ ।
भोजपुर षडान्नद नगरपालिका ५ का अखिल शिक्षक संगठनका केन्द्रीय सदस्य ३० बर्षिय गोबिन्द खडका, ईलाम नगरपालिका ५ का जिल्ला सदस्य ३८ बर्षिय प्रेम तामाङ,ताप्लेजुङ २ फुलबारी का जिल्ला सदस्य ५३ बर्षिय जिननाथ भटटराई, ताप्लेजुङ फुङलिङ ४ का जिल्ला उपाध्यक्ष ४७ बर्षिया सुशिला गौतम, ताप्लेजुङकै मरेली ४ का जिल्ला सदस्य ४० बर्षिया गाणेश लिम्बु छन् ।
त्यस्तै ताप्लेजुङ फुङलिङ २ का जिल्ला अध्यक्ष समेत रहेका ४७ वर्षिय युवराज गौतम, खोटाङ ऐसेलुखर्क ६ का जिल्ला सदस्य ५५ वर्षिय जीवन राई, दैलेख महुमुले २ का केन्द्रीय उपाध्यक्ष ४७ वर्षिय लक्ष्मीराम ढकाल, काठमाडौ“ घर भएका केन्द्रीय महासचिव ५० वर्षिय रमेश रुपाखेती, र इलाम ३ को जिल्ला सदस्य ४० वर्षिया खिममाया परियार रहेका छन ।
पक्राउ परेका दशै जनालाई सार्वजिनक अपराध अन्तर्गतको मुद्धा चलाउने तयारी गरिएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ । radionrn
Comments are closed.