Nepal's First Video FM

जेठको पहिलो हप्ताबाट त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा ल्याइने

433

वैशाख ४, सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

उनले सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेपनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट गरे । मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुरर्याउने महत्वकांक्षी योजना पनि अघि सरे ।

उनले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तिमा पनि २५ प्रतिशत योगदान दिनुपर्ने तर्क समेत गरे ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.