काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको बाटो खाली गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सडकमा जनता उतार्ने, जातीय राज्य बनाउने लगायतका अराजक अभिव्यक्ति दिँदै हिँडेको बताउँदै नेता कोइरालाले यस्तो अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार र अराजक हुने बताए।
‘उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की एउटा पार्टीको सभापति हो? पार्टीको सभापति हो भने उहाँले जे बोलेपनि हुन्छ। तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन,’ नेता कोइरालाले बताए।
उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबीसमेत गरे। उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैं दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए।
Comments are closed.