Nepal's First Video FM

हराएको ४० दिनपछि चोक्ताको शव भेटियो

635

वैशाख ५, रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा भेट्टिएकी छन् ।

फागुन २४ गतेदेखि हराएका तामाङ विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

शव जिल्ला अस्पताल, त्रिशूलीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए । उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.