Nepal's First Video FM

गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

405

वैशाख ५, गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

You might also like

Comments are closed.