वैशाख ५, काठमाडौं । नेपाल प्रहरीले होटल सोल्टीमा रहेको माजोङ क्यासिनोका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ ।
माजोङ क्यासीनोमा नेपालीलाई जुवा खेलाइएको सूचनाका आधारमा मंगलबार राति पुगेको महानगरीय प्रहरी परिसरको टोलीले जुवा खेल्ने र खेलाउने कार्यरमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ६ जुवाडे सहित २ जना क्रमशः सञ्चालक र म्यानेजर रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए । प्रहरीले ४५ वर्षीय विनोद श्रेष्ठ र ओम कर्माचार्यलाई पक्राउ गरेको छ ।
श्रेष्ठ क्यासिनोका म्यानेजिङ डाइरेक्टर हुन् भने कर्माचार्य कार्यकारी अधिकृत हुन् । त्यसैगरी, जुवा खेलमा संलग्न मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शिखर पौडेल, काठमाडौंका तेन्जिङ मेलेकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार, क्यासिनोमा जुवा खेलिरहेकै अवस्थामा समातिएका रञ्जित खड्गी, अरुण सेडाई र पासाङ ठकुरीलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । onlinekhabar
Comments are closed.