Nepal's First Video FM

डोम समुदायका बालबालिकालाई स्कुल भर्ना गर्न ओली सिराहा जाँदै, को हुन् ति भाग्यमानी बालबालिका ?

560

वैशाख ५, विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा जाँदैछन् । उनले सिराहको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका बालबालिकाको अभिभाकत्व ग्रहण गर्ने छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार प्रधानमन्त्री ओलीले डोम समुदायका दुई बालबालिकाको अभिभाकत्व ग्रहण गर्नेछन् । यसैगरी दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, र प्रमुख जिल्ला अधिकारी र स्थानीय बालगृहले पनि अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले कर्णालीबाट विद्यार्थी भर्ना अभियानको सुरुआत गरेका थिए । उनले मुगुको कर्मारोङ गाउँपालिकाका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।

अहिले देशभर विद्यालय भर्ना अभियानलाई तीव्र पारिएको छ । शीर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, बिभिन्न दलका भ्रातृ संगठन लगायतले अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानमा सहयाेग गरिरहेका छन् ।

You might also like

Comments are closed.