काठमाडौं । प्यालेस्टाइनको चरमपन्थी समूह हमासको आक्रमणमा परी २५० जना इजरायली नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।
हमासले शनिबार विहान अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो । रकेट आक्रमणसँगै हमासका लडाकूहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।
हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।
घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बतायो ।
– तत्काल आफू रहेकै ठाउँमा सुरक्षित रहनुहोस् । इजरायल पहिलादेखि नै द्वन्द्वग्रस्त क्षेत्र रहेकाले हरेक घर र कार्यस्थलमा आपतकालीन सुरक्षाका लागि सेल्टर बनाइएको हुन्छ । तपाईंहरु कुनै आक्रमणको संकेत पाउनेबित्तिकै सेल्टरमा रहनुहोस् ।
– इमर्जेन्सी रुल अक्षरशः पालना गर्नुहोस् । इजरायलको सरकारले हमास आक्रमणलगत्तै इमर्जेन्सी रुल्स जारी गरेको छ, जसमा कहाँ जाने, नजाने, के गर्ने नगर्ने स्पष्ट उल्लेख छ । ती नियम नेपालबाट इजरायल आएका नागरिकहरुका हकमा समेत लागु हुन्छन् । त्यसैले आपतकालीन अवस्थामा त्यसलाई पालना गरिदिनुहोस् ।
– सामाजिक सन्जालमा अपुष्ट खबर दिएर त्रास नफैलाउनुहोस् । युद्ध र आक्रमणका बेला अपुष्ट र फेक न्युजहरु सर्वत्र फैलिन्छन् । अहिले इजरायलमा पनि त्यही भइरहेको छ । पहिले इजरायल वा अन्यत्र भइसकेका घटनालाई आज भएको झैं गरी प्रचार गर्दा बेकारमा तपाईंको परिवार र आफन्त त्रसित मात्रै हुन्छन् । त्यसो नगर्नुहोस् । जिम्मेवार भएर फेसबुक इन्स्टाग्राम ट्वीटर आदि चलाउनुहोस् ।
– केही समस्या परे दुतावासमा सम्पर्क गर्नुहोस् । हमासको आक्रमणका क्रममा तत्काल धेरै नेपालीहरुलाई ट्रमा वा कुनै खालको स्वास्थ्य समस्या उत्पन्न भएको हुन सक्छ
Comments are closed.