Nepal's First Video FM

यति ठुलो मुद्धाबारे प्रहरी र अदालतले केहि जानकारी नै नगरी एक्कासी भाईलाई समातेर लगियो, को हुन् ति निर्दोष युवा ? पढ्नुस

435

वैशाख ५, दोषी ब्यक्तिसँग नाम मिलेकै कारण झापा मेचीगनरका एक निर्दोष युवा कारागार चलान भएका छन । मेचीनगर नगरपालिका वडा नं. ६ बद्री टोलका ३५ बर्षीय श्याम थापालाई १२ बर्ष अघिको मुद्धामा फरार रहेका दोषीसँग नाम मिलेकै कारण पक्राउ गरी करागार चलान गरिएको पीडित थापा परिवारले दाबी गरेको छ ।

पीडित थापा परिवारका तर्फबाट मङ्गलबार पत्रकार सम्मेलन गरी घटना भएका बेला बिदेशमा रहेका निर्दोष श्याम थापालाई दोषीसँग नाम मिलेकै आधारमा कारागार चलान गरिएको बताएका छन् ।

घटना विवरण अनुसार २०६४ जेठ २२ गते झापा जिल्ला साबिक टागनडुब्बा वडा नं.२ का गुलाम रसुल मियाँ मोलबीको घरमा रातो चन्दनको काठ लुकाई राखेको अवस्थामा एउटा भारतीय नम्बर प्लेटको कारसहित प्रहरीले सुराकीको आधारमा सो काठ बरामद गरेको थियो । प्रहरीले एक हजार ६ सय ८७ केजी रातो चन्दनको काठ बरामद गरेको थियो ।

घरधनी मियाले उक्त रातो चन्दनको काठ तत्कालीन मेचीनगर वडा नं. १० काँकरभिट्टाका श्याम थापाको रहेको बताएका थिए । उक्त रातो चन्दनको मुद्धामा झापा जिल्ला अदालतले २०६६ माघ १७ गते फैसला गर्दा श्याम थापालाई २६ लाख ९९ हजार दुई सय रुपैयाँ जरिवाना र ६ महिना कैद सयाज हुने ठहर गरेको थियो ।

‘अदालतले यत्रो फैसला गरेको मुद्धाका बारेमा हामीलाई कहिले केही जानकारी थिएन’, पीडित थापाका दाजु केदार थापाले पत्रकार सम्मेलनमा भने, ‘यति ठुलो मुद्धा चल्दा प्रहरी र अदालतबाट एक पटक पनि कुनै पत्र वा कोही मानिस हाम्रो सम्पर्कमा नआई एक्कासी भाईलाई पक्राउ गर्दा हामी आश्चर्यमा परेका छौँ ।’

दाजु केदारका अनुसार अदालतको फैसलामा भनिएको रातो चन्दन पक्राउ गरेको मिति २०६४/२/२२ गते भाई श्याम बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका थिए । हाल पक्राउ परेका थापा पहिलो पटक २०६३ असारमा नै कतार गएका थिए ।

उनी २०६४ पुसमा मात्र नेपाल फर्किएको दाजु केदार बताउँछन् । तर घटना भने २०६४ जेठको नै हो । यस्तो अवस्थामा रातो चन्दन काठको तस्करी गर्ने ब्यक्तिसँग नाम मिलेकै भरमा निर्दोष ब्यक्तिलाई कारागार जलान गरिएको दाजु केदार दाबी गर्छन् ।

निर्दोष दाबी गरिएका श्याम थापा दोस्रो पटक २०७३ बैशाखमा बैदेशिक रोजगारीमा कतार गएका थिए । तर उनी सोही बर्षको चैतमा नै नेपाल फर्किए । लगत्तै ऋण गरेर ट्याम्पो खरिद गरी उनी ट्याम्पो चलाउन थालेका थिए । २

०७४ भदौदेखि काँकरभिट्टामा नै ट्याम्पो चलाउन थालेका र अहिलेसम्म मुद्धाका बारेमा केही जानकारी कसैबाट नभएको अवस्थामा एक्कासी गत चैत ३० गतेका दिन ट्याम्पो चलाउँदै गरेको अवस्थामा काँकरभिट्टाबाटै थापालाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको श्यामकी पत्नी इन्दीरा अधिकारी थापाले पत्रकार सम्मेलनमा बताइन् ।

उनले दोषी भनिएका श्याम थापाको बुवाको नाम समेत फरक रहेकाले पनि आफ्नो श्रीमान निर्दोष रहेको बताइन् । इन्दीराले न्यायका लागि सबै पक्षसँग अनुरोध समेत गरिन् । अदालतको फैसलामा उल्लेख भएका श्याम थापाका बुवाको नाम चन्दकुमार थापा छ भने पक्राउ परेका श्याम थापाको बुवाको नाम चन्द्रबहादुर थापा रहेको छ ।

अदालतको फैसला र घट्ना भएको समयमा थापा बिदेश रहेको प्रमाण ।

सवाल नेपालबाट साभार 

You might also like

Comments are closed.