Nepal's First Video FM

बिहे नै अस्वीकार गर्ने इलियाना भइन दुई जिउकी, भन्छिन्-‘मेरो पर्सनल कुरा नकोट्याउनुस’

403

बलिउड अभिनेत्री इलियाना डि क्रुज आफ्नो व्यक्तिगत जीवनलाई सकेसम्म लुकाउन चाहन्छिन् । उनको विवाहको कुरासमेत अहिलेसम्म रहस्यको रुपमा रहिरहेको छ ।

‘रेड’ फिल्ममा अजय देवगणको पत्नीको भूमिका गरेकी इलियानाले केही समयअघि आफ्नो अष्ट्रेलियन ब्वाईफ्रेन्ड इन्ड्र्यू नीबोनसँग बिहे गरेको चर्चा चलेको थियो । तर त्यसको आधिकारिक पुष्टी नहुँदै इलियाना गर्भवती भएको खबर फैलिएको छ ।

पछिल्ला दिनहरुमा उनी टाइट लुगाको साटो खुकुला लुगाहरुमा देखिन थालेकी छिन् । त्यसैले पनि यो लख काटिएको हो । तर, इलियाना यस विषयमा मौन छिन् ।

त्यसो त उनले अहिलेसम्म आफ्ना विहे भएको नै स्वीकारेकी छैनन् । तर, केही समयअघि फेसबुकमा आफ्नो प्रेमीलाई ‘हबी’ भनेर सम्वोधन गरेकी थिइन्, जसको अर्थ हुन्छ हसबेन्ड ।

विवाहको विषयमा प्रश्न गर्दा उनी अहिले पनि अन्कनाउँछिन् । उनी भन्ने गर्छिन्, ‘मेरो पर्सनल कुरा नकोट्याउनुस । प्रोफेसनल कुरा जे सोधे पनि जवाफ दिन्छु ।’ गर्भवती भइसक्दा पनि विवाहको कुरा किन उनी लुकाउन खोजिरहेकी छिन्, उनैलाई थाहा होला । onlinekhabar

You might also like

Comments are closed.