काठमाडौं– आज आइतवारदेखि काठमाडौंलगायतका देशका विभिन्न जिल्लाहरुमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।
यसैबीच, उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले आम उपभोक्तालाई ध्यानमा राखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित चाडपर्व लक्षित सुपथ मूल्य पसल–२०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आम उपभोक्तालाई ध्यानमा राखि अति आवश्यक खाद्य बस्तुहरुको सहज आपुर्तिका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका हुन् ।
बजार मूल्य नियन्त्रण र गुणस्तरीय कायम गरी सरल सर्वसुलभ रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री रिजालको भनाई छ ।
सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलमा चिनी उपलब्ध नगराएको भन्दै उपभोक्ताले आलोचना गरेपछि अन्तिम समयमा चिनीको जोहो गरिएको छ ।
आइतबारदेखि देशभर सहुलियत पसल सञ्चालनमा आाएपनि थापाथली बिक्री केन्द्रमा मात्रै चिनीको बिक्री सुरु गरिएको छ ।
Comments are closed.