Nepal's First Video FM

सिन्डिकेट अन्त्यको शुभारम्भ : गृहमन्त्री बादल

468

वैशाख ५, गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् ।

प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले गैरनाफामूलक संस्थाका रुपमा दर्ता गरेर सिन्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताए ।

यातायात सँगसँगै अन्य क्षेत्रमा सिन्डिकेट देखिएमा त्यसलाई पनि रोक्ने थापाले जानकारी दिए । उनले भने, ‘यातायात क्षेत्र कसैले ठप्प पार्न सक्दैन ।’ सरकारले मंगलबार जिल्ला-जिल्लामा यातायात समितिहरुका नाममा रहेको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले अब यातायात समितिहरुको नवीकरण नगरी यातायातमा सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको हो ।

साभार नेपाललाइभ

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.