Nepal's First Video FM

गुन्डा नाइके मनोज पुनलाई सहयोग गर्ने माअोवादी केन्द्रका केन्द्रीय सदस्यसहित ५ जना पक्राउ

613

वैशाख ५, दुई महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनलाई सहयोग गर्ने ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका ५ का तुल्सी न्यौपाने, देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका ६ का रोशन खड्कालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने आचार्य एमालेको भ्रातृ संगठन युथ फोर्सका पूर्व नेता रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पक्राउ परेकाहरुले उद्योगी-व्यवसायीहरुको घर, ठेगाना, फोन नम्बर लगायतको विवरण पुनलाई उपलब्ध गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। उनीहरुमाथि संगठित अपराध ऐन अन्र्तगत मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको उनले बताए।

You might also like

Comments are closed.