Nepal's First Video FM

नेपालमा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

534

माघ १९ , प्याराग्लाइडिङमा नेपालकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आउने जानकारी प्राप्त भएको छ ।

प्रतियोगितामा नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङको प्रतियोगीतामा भाग लिने जानकारी प्राप्त भएको छ ।
प्रतियोगितामा सुरक्षा व्यवस्था मिलाउन उद्दार टोली, हेलिकप्टर र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ । यो प्रतियोगिता ५ दिन सम्म हुनेछ र उत्कृष्ट पाइलटको एफएआईको र्‍याङ्किङमा नम्बरसमेत बढ्ने छ ।

यो प्रतियोगितालाई प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ ।

You might also like

Comments are closed.