Nepal's First Video FM

परराष्ट्र मन्त्रालयमा बैठक : इजरायलमा रहेका नागरिकलाई सुरक्षित स्थानान्तरणको उपाय खोज्ने निर्णय, श व ल्याउन समन्वय गर्ने

108

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी मृत्यु भएकाहरुको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

शव नेपाल ल्याउनका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो । यस्तै इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ ।

इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहान हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । केही विद्यार्थी घाइते छन् भने एक सम्पर्कविहीन छन् ।

इजरायल र हमासबीच अहिले पनि संघर्ष जारी छ । दुवै पक्ष गरी अहिलेसम्म ११ सयभन्दा बढी मानिस मारिएका छन् भने हजाराैं घाइते भएका छन् ।

You might also like

Comments are closed.