Nepal's First Video FM

ओलीद्धारा सिराहामा दलित समुदायका २ बालबालिकालाई स्कुल भर्ना

616

वैशाख ५, धानमन्त्री केपी शर्मा ओलीले सिरहाको कल्याणपुर पुगेर अति पीछडिएको दलित समुदायका दुई जना बच्चालाई विद्यालयमा भर्ना गराएका छन् ।

बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित कल्याणपुर पुगेका प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) लाई निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी माविमा भर्ना गराएका हुन् ।

प्रधानमन्त्री ओलीले भर्ना अभियानमा सहभागी भई निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन अपिल गरेका छन् । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुको पनि उपस्थिति थियो ।

You might also like

Comments are closed.