Nepal's First Video FM

एक यौनकर्मी युवतीको हृदयविदारक प्रेम र मुक्तिको कथा

562

वैशाख ५, ‘पहिले त कहिले काहाँ मात्रै कोठीमा आउँथ्यो । कहिले मसँग बस्थ्यो त कहिले अरु केटीसँग बस्थ्यो । तर बिस्तारै उ मेरो लागि मात्रै कोठी आउन लाग्यो । थाहै भएन कसरी उस्को र मेरोबीचमा एक खास सम्बन्ध बन्यो ।

भारतको मेरठस्थित एक रेड लाइट एरिया कबाडी बजारमा एक कोठीमा बेचिएकी अनिता(नाम परिवर्तन) कोलागि एउटा घटना जुन उनको अधेरो जीवनमा उज्यालो बनेर आयो ।

हुन त एक योनकर्मीको जीवनमा प्रेमको कुनै स्थान छैन । तर अनिताको जीवनमा प्रेमको रंग बिस्तारै चढ्न लागेको थियो । हुन त अनिलाई धेरै त्यस्ता भावना हिन सम्बन्धले गुज्रिएकी अनितालाई प्रेममा विश्वास गर्न कठिन थियो तर पनि आशाको किरण भने बाँकी नै थियो । यही प्रेमले उनको यौनकर्मीको जीवनबाट मुक्ति दिलायो । उनलाई समाजमा एक सम्मानजनक जीवन मिल्यो ।

जागिरको नाममा कोठी पुर्याइयो

पश्चिम बंगालको २४ परगनाबाट कोठी पुर्याइएकी अनिता भन्छिन्, ‘मेरो घरमा आमा, बुबा र एक सानी बहिनी र भाई थिए । घरमा सधैँ पैसको आवश्यकता पर्थ्यो । त्यसैले मैले केही कमाउनु पर्ने थियो । त्यहिबेला गाउँको एक मानिसले मलाई जागिर लगाइदिने बतायो । उसले मेरा बुबा आमासँग पनि राम्रो पैसा पाइने कुरा गर्यो । त्यसैले म पाँच वर्षअघि उसैको साथमा आएँ । तर केही दिनपछि उसले मलाई कोठीमा पुर्यायो ।

अनितालाई नर्कबाट मुक्ति चाहिएको थियो

अनिताको जीवनमा त्यतिबेला परिवर्तन आयो जब उनको भेट मनिष (नाम परिवर्तन) सँग भयो । उनी भन्छिन्, ‘मेरो र मनीषकोबीचमा कसरी विशेष सम्बन्ध बन्यो हामी दुवैलाई थाहा छैन । मनिष आएर मसँग कुरा थर्थ्यो मलाई खुसी लाग्थ्यो ।’ एक दिन मनिषले अचानको आफ्नो दिलको कुरा भन्यो । मनिषालाई कोठीबाट छुट्कारा चाहिएको थियो र मनिषले उसलाई साहरा दियो । तर उनलाई मनिषलाई झट्ट विश्वास गर्न पनि गाह्रो थियो । अनिता पहिले पाएको धोकाबाट सचेत थिइन । मनिष बारम्बार कोठी आउन लाग्यो । उनलाई भेट्न मनिष आउन लागेको कोठिको मान्छेले पनि थाहा थियो ।

कोठीबाट निक्लिएर घरबार बस्यो

अनितालाई त्यस ठाउँबाट निक्लिन निक्के हतार थियो । मानिषले एक गैरसरकारी संस्थाका सञ्चालक अतुल शर्माको सहयोगमा अनितालाई कोठीबाट बाहिर निकाले । त्यसपछि अतुल शर्माले मनिषको आमा बुबालाई भनिदिए । पहिले त उनीहरुले मानेन् तर छोराको जिद्धीको अगाडि केही लागेन । उनीहरुले अनिताको अतित् लुकाउने शर्त राखेका थिए ।

अनिता भन्छिन्, ‘मैले बिवाहको बारेमा सोचेको पनि थिइन तर मनिष मेरो जीवनमा आएपछि आशा जागेको थियो । उसको आमा बुबाले मलाई नस्वीकारेको भए पनि मलाई नराम्रो लाग्थेन किन भने कसैले पनि आफूलाई बद्नामी बनाउँन चाहदैनन् । तर, बिस्तारै मलाई पूर्ण रुपमा स्वीकार गर्नुभयो । आज मेरो एउटा छोरी छ । उसले इज्जतको जिन्दगी पाएकी छे ।’ बीबीसी

You might also like

Comments are closed.