Nepal's First Video FM

सर्वदलीय बैठकमा – दलहरुले सरकारलाई भने उद्धारमा ढिलाइ नहोस्

72

काठमाडौं । राजनीतिक दलहरुले इजरायलमा रहेका नेपालीको उद्दारमा गम्भीर पहल गर्न सरकारलाई सुझाव दिएका छन् । घर फर्किन चाहने नेपालीहरुका लागि तुरुन्तै जहाज पठाएर नेपाल ल्याउनुपर्ने उनीहरुको जोड छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषदबाट भएका निर्णय र सरकारी प्रयासहरुबारे जानकारी गराएका थिए । दलका नेताहरु इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् ।

हमासले इजरायलमा गरेको आक्रमणले १० जना नेपाली विद्यार्थी मारिए भने ४ जना घाइते भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनका लागि गएका ४९ विद्यार्थी तेहा पुगेका थिए ।

You might also like

Comments are closed.