Nepal's First Video FM

‘कलंक’मा दिवंगत श्रीदेवीको भूमिकामा देखिने भइन माधुरी दिक्षित

948

वैशाख ५, एजेन्सी । बलिउड फिल्म निर्माता करण जाेहरको निर्माणमा बन्न लागेको फिल्म ‘कलंक’मा माधुरी दिक्षित मुख्य भूमिकामा देखिने भएकी छिन् । दिक्षित दिवंगत श्रीदेवीको भूमिकामा देखिने भएकी हुन् ।

यसअघि फिल्ममा श्रीदेवी मुख्य भुमिकामा रहने तयारी थियो । तर श्रीदेवीको निधनपछि माधुरीले उनको स्थान लिने भएकी हुन् । फिल्ममा माधुरीसँगै संजय दत्त, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य राय कपुर लगायतको अभिनय रहने छ ।

पछिल्लो समय निर्माण भइरहेका बलिउड फिल्महरुमध्ये ‘कलंक’मा धेरै स्टार कलाकारहरुलार्इ सामेल गराइएकाे छ । अभिषेक वर्मनले निर्देशन फिल्ममा १९४० को दशकको कथा समेटिएकाे छ ।

You might also like

Comments are closed.