काठमाडौँ,
जसले भ्रस्ताचारीहरु सबैलाई कालो मोसो दल्लने भन्दै थिए उनैलाई नांगे झार बनाएर कालो मोसो दलियो ? कसले दल्यो कालो मोसो दुर्गा प्रसाईलाई सबको एक एक कर्तुतहरु बाहिर ल्याउने अभियन्तालाई नै कालो मोसो दले पछी कालो रंगको पछाडी धेरै ठुला ठुला कालो कर्तुतहरु के अब बाहिर निस्कन्छ वा अब कला कर्तुतहरु बाहिर आउन अंकुस लाग्ने हो के अब अज्ञात समूहलाई पनि कालो मोसो दलिंन्छ ? हुदै हुदैन कसैलाई पनि कालो मोसो दल्लनु भनेको त कायर पन हो लाचारी हो !
बैकको पैसा तिर्नु पर्दैन भन्ने दुर्गा प्रसाई, राजा ल्याउछु भन्दै हिड्ने दुर्गा प्रसाई, १० जना ब्यापारीले देश चलाएका छन् यिनी हरुले देस लुटे भन्ने पनि दुर्गा प्रसाई, नेता जातिलाई देश बाटै लखेट्नु पर्छ भन्ने पनि दुर्गा प्रसाई..उनै प्रसाईलाइ काठमान्डौको एक होटेलमा पत्रकार सम्मेलन गरेर फर्किने क्रममा सोमबार युवा संघका कार्यकताले प्रसाईंलाई कालोमोसो नै दलीदिए । नेकपा एमालेका नेता महेश बस्नेतले व्यावसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न भनेर ठाडो चेतावनी नै दिए ,, हुन् पनि यो देसमा प्रसाई एउटा त्यो व्यक्ती हो, जसले मुखमा जे आयो त्यहि बोलिदिने गर्छन, बस्नेतले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस ।
महेश बस्नेतको स्टाटस र हिजो युवासंघले दलेको कालोमोशोलाई लिएर दुर्गा प्रसाइले अब एमालेलाइ नछोड्ने चेतावनी दिएका छन्, कुनै समय केपी ओली लाइ हजुरबुवा र प्रचण्डलाई बुवा भन्थे, तिनै प्रसाइले एकदिन बुवा र हजुरबुवालाइ एकै ठाउमा राखी मार्सी चमालको भात खुवाएर खुब चर्चा कमाएका थिए, यति मात्र हैन त्यसपछि प्रचण्ड सरकारमा हुदा उनले झापामा खोलेको बि एण्ड सी मेडिकल कलेजलाई नेपाल सरकारले सम्बन्धन नदिएको बिसयमा प्रचण्ड संग सम्बन्ध निकै नै टाढा पुग्यो र यिनी बुवालाई छोडेर हजुरबुवाको मात्र गुनगान गाउने थाले ।
अनि केपी ओलीकै इच्छा अनुशार प्रचण्डलाइ अनेकथोक भन्दै गाली गर्न थाले, यति सम्म कि केपी ओली संसारकै उत्कृस्ट नेता अनि प्रचण्डचै कामै नलाग्ने नेता सम्म पनि भन्न भ्याए तर अहिले आएर न हजुरबुवा काम लागे नत् बुवा नै, त्यसैले यिनी अहिले एक्लो भएका छन्, हिन्दु रास्ट्रको नारा लगाउदै, झापामा पूर्व राजा ज्ञानेन्द्र शाह लाइ लगेर कार्यक्रम पनि गर्न भ्याए प्रसाइले, पछिल्लो समय विभिन्न अन्तरबार्ता र सार्बजनिक कार्यक्रममा देश केहि सिमित ब्यापारीहरुको हातमा रहेको प्रमाण दिन्छु भनेर, खुल्लमखुल्ला रुपमा भन्दै आएका प्रसाइलाई हिजो काठमाडौँको कान्तिपथ स्थित एल्लो प्यागोडा होटेलमा पत्रकार सम्मेलन गरेर फर्कने क्रममा एक अज्ञात युबाहरुको टोलीले प्रसाइलाई कालोमोशो दलेका थिए, ति अज्ञात युवाको टोलि एमालेको युबसंघको कार्यकर्ता रहेको र अब आफुले एमालेलाई नछोड्ने चेतावनी प्रसाइले दियेकाछन्।
कलोमोशोको यस घटनालाई लिएर जनताहरु भनिरहेका छन्,अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको सुन्दर पक्ष हो ।दुर्गा प्रसाईको अभिव्यक्तिमा सहमति नहुनु एउटा पाटो हो उनको अभिव्यक्ति ले कसैलाई चोट पुगे कानुनि उपचार गर्ने बाटो छ तर टोले गुण्डा प्रयोग गरेर यो हर्कत गर्नु खेद जनक छ ,कानुनि राज्यको खिल्ली उडाउने गुण्डाराज को प्रयोग गर्न खोजेको देखियो , तपाईंको अभिव्यक्तिले तपाईं माथी लाग्दैआएको आरोप पुष्टि भएको छ ।
कानून हातमा लिने कामको बचाउ यसरी नगरेको भए राम्रो हुन्थ्यो कि माननीय ज्यू । दुर्गा प्रसाइको गतिबिधी पक्कै पनि शंकास्पद छ्न्, को बाट र किन परिचालित छ्न् समय आउदा थाहा होला ।महेश कामरेड यो गलत भयो युवा संघका कार्यकर्ता हरुले कानुन हातमा लिएर दुर्गा प्रसाईं माथी दुव्र्यवहार गरेको छ यो अतिनै घोर आपत्तिजनक कार्य हो।दुर्गा प्रसाईं एउटा ब्यक्ती हो तर उस्को आवाज र उस्को प्रस्तुती नेपालि जनताहरुको आवाज हो यस्लाइ दबाउने कोसिस गर्नु भन्दा उत्तर खोज्ने र समस्याको सामाधान खोज्ने तिर लागौ। दुर्गा प्रसाईप्रति राज्यले अन्याय गरेकाे छ । मेडिकल कलेजमा अर्बौ लगानी गर्न लगाएर सम्बन्धन नदिनु अन्याय हो, त्यो त हामी जनताका पार्टीले बुझ्नु पर्यो नि ! कसैलाई गाली गर्यो भन्नु ठूलो कुरा होइन, उसलाई चैं न्याय दिनु पर्दैन ? उल्टै कारबाही पो !
Comments are closed.