Nepal's First Video FM

लोपोन्मुख जातिका राजामामा कुसुण्डालाई १० वर्षीया छोरीले दिइन् दागबत्ती

626

वैशाख ५, लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको बुधबार बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सीमान्तले दागबत्ती दिएकी छन् ।

पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए ।

उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए । राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को क्रिया बस्ने बताइएको छ ।

बुधबार बिहान व्यास-१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो । उनी लामो समयदेखि प्रेसरको बिरामी थिए । राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ । onlinekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.